बुढानिलकण्ठ नगरपालिकाको सहयोग तथा नेपाल अपाङ्ग महिला संघ (NDWA) को आयोजनामा सामुदायिक पुनर्स्थापना कार्यक्रम (CBR Program) अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका अभिभावक/स्याहारकर्ताहरूको क्षमता विकास, सीप विकास तथा आर्थिक सशक्तीकरणका लागि निम्न तालिमहरू सञ्चालन गरिने भएकाले इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरिएको छ।
सञ्चालन हुने तालिमहरू:
- खाद्य परिकार (रोटीजन्य) बनाउने तालिम
- उद्धमशीलता विकास सम्बन्धी तालिम
- हेरचाह तथा स्याहारकर्ता सम्बन्धी तालिम
- ग्राफिक्स डिजाईन तथा एआई (Artificial Intelligence) सम्बन्धी तालिम
सहभागी छनोटका मापदण्डहरू:
- बुढानिलकण्ठ नगरपालिका भित्र स्थायी बसोबास अथवा लामो समय सम्म अस्थायी बसोबास भएको हुनुपर्ने।
- अपाङ्गता परिचयपत्र भएको हुनुपर्ने।
- नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने।
- उमेर १८ वर्ष पूरा भएको हुनुपर्ने।
- स्याहारकर्ता सम्बन्धी तालिमका लागि पूर्ण अशक्त वा अति अशक्त व्यक्तिका अभिभावक/स्याहारकर्ता हुनुपर्ने।
- तालिममा नियमित सहभागिता जनाउन प्रतिबद्ध हुनुपर्ने।
इच्छुक तथा योग्य व्यक्तिहरूले आवश्यक कागजातसहित जेठ १० गते, २०८३ भित्र आफ्नो नाम दर्ता गराउन अनुरोध गरिन्छ।
थप जानकारी तथा सम्पर्क
प्रमिला श्रेष्ठ (सामुदायिक अभियानकर्ता) – ९८६०३१२८७६