नेपाल अपाङ्ग महिला संघले संस्थाको सामाजिक लेखा परीक्षण गरेको छ । संस्थाले गरेका वर्षभरी गरेका पैरवी वकालत क्षमता अभिबृद्धि र अभियानका बारेमा संस्थाका महासचिव देव कुमारी पराजुलीले जानकारी दिनुभएको थियो भने संस्थाको खर्च र आम्दानीका बारेमा प्रशासन तथा लेखा सहायक तुलसी थापाले प्रस्तुत गर्नुभएको थियो ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा परामर्शकर्ता लुभराज न्यौपानेले संस्थाको सुशासनलगायत संस्थाका आन्तरिक नीतिलगायत समग्र संस्थाको मुल्याङ्कन गरी सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।
सो कार्यक्रममा नेपाल अपाङ्ग महिला संघलाई संस्थागत विकासलगायत अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नका लागि सहकार्य गरिरहेको संस्था सिबिएम ग्लोबल डिसेबिलीटी इन्क्लुजनका परियोजना अधिकृत बिमल पौडेलले अबका दिनमा यस संस्थाले अपाङ्गताभित्रको विविधतालाई ध्यानमा राख्दै न्यून प्रतिनिधित्व भएका समूहहरूलाई केन्द्रित गरेर संस्थाका गतिविधिहरू सञ्चालन गर्नु आवश्यकता रहेको औंल्याउनुभयो । कार्यक्रममा सहभागी अन्य संघसंस्थाका प्रतिनिधिले अव आउँदा दिनमा संघले प्रमाणमा आधारित पैरवी गर्न सुझाव दिएका थिए ।
नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टीका दाहालले सामाजिक लेखा परिक्षणका क्रममा आएका सुझावहरूलाई मध्येनजर गरेर संवोधन गरिने बताउनुभयो ।
२०५४ साल देखि अपाङ्गता भएका महिला तथा बालिकाहरूको हकहित तथा अधिकार स्थापित गर्न सक्रिय संघमार्फत सञ्चालित गतिविधिबाट चौतिस जिल्लाका पच्चिस हजार अपाङ्गता भएका महिला तथा बालिकाहरू लाभान्वित भएका छन् ।
English