News

पत्रकारहरुसँग अन्तर्क्रिया

नेपाल अपाङ्ग महिला संघले  अपाङ्गता भएका महिलाका सवालमा संचार माध्यमसँग छलफल गरेको छ । संघले  पैरवी र अन्य काम गर्ने क्रममा भएका सिकाइ र अनुभव पत्रकारहरुमाझ साझा गरेको थियो ।  अपाङ्गता भएका व्यक्तिले समाजमा थुप्रै विभेद र हिंसा सहनुपरेपनि उनीहरुले आफ्नो योग्यता र क्षमता पनि प्रदर्शन गरेका छन् यस्ता विषयहरुलाई पनि संचारमाध्यम मार्फत उजागर गर्न संघका अध्यक्ष टीका दाहालले आग्रह गर्नुभयो ।

अपाङ्गता भएका महिलामा न्यायमा पहुँच,अस्पताललगायत सवै सरकारी निकायबाट सेवा लिन चुनौती, स्थानीय तह र पालिकाका न्यायिक समितिहरु पहुँचयुक्त नहुनु, अपाङ्गता भएका महिलाहरुलाई परिवारले नै बोझको रुपमा लिनु, क्षमता वा सीप भएपनि विश्वास नगर्नु, राज्यले सुनिश्चित गरेको ३३ प्रतिशत महिलाभित्र अपाङ्गता भएका महिला नपर्नु, सरकारले गरेका अन्तर्राष्ट्रिय प्रतिवद्धता पुरा नगर्नु, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ को प्रभावकारी कार्यान्वयन नहुनु, अपाङ्गता क्षेत्रमा विज्ञहरुको अभावलगायतका समस्याहरु यस क्षेत्रमा रहेकाले यस्ता समस्याको खोजी गर्न उहाँले भन्नुभयो

सीवीएम ग्लोवल डिसेविलिटि इन्क्लुजनसँगको सहकार्यमा भएको उक्त कार्यक्रममा पत्रकारलगायत  २७ जनाको सहभागिता थियो ।

← Previous Article All Articles Next Article →