News

सञ्जाललाई अभिमुखीकरण

 

 

महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा नेपाल अपाङ्ग महिला संघले बुढानीलकण्ठमा अपाङ्गता भएका महिलाको सञ्जालका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्‍यो ।  यसक्रममा सहभागीहरुले आफुमाथि हुँदै आएका हिंसा विभेदका अनुभव सुनाएका थिए । साथै सञ्जालका सदस्यहरुले आफूहरुमाथिका  विभेद र हिंसाविरुद्ध आफैं कसरी प्रतिकार गरिरहेका छन् भन्ने बिषय पनि एक अर्कामा साझा गरेका थिए ।  उनीहरुले सञ्जालमा नहुँदासम्म यस्ता व्यवहार सहेरै बस्ने गरेको तर अहिले विभेदविरुद्ध बोल्न र उनीहरुलाई सम्झाउने गरेको अनुभव सुनाएका थिए । अभिमुखीकरणमा सञ्जालको महत्वका बारेमा बुझेर शसक्त कसरी हुने र एकअर्कामाथि भएका हिंसा र विभेदविरद्ध सामूहिक आवाज उठाउने भन्ने विषयमा छलफल भएको थियो । यसक्रममा नेपाल अपाङ्ग महिला संघको स्थापना र यसको कामका बारेमा संघका अध्यक्ष टीका दाहाल र उपाध्यक्ष मीना पौडेलले जानकारी गराउनुभएको थियो ।

← Previous Article All Articles Next Article →