News

राष्ट्रिय समाबेशी आयोग समक्ष ज्ञापनपत्र बुझाइएको छ ।

राष्ट्रिय समाबेशी आयोग समक्ष ज्ञापनपत्र बुझाइएको छ ।

नेपाल अपाङ्ग महिला संघ को अगुवाईमा राष्ट्रिय अपाङ्ग महासंघ  लगायत अपाङ्गता क्षेत्रका बर्गिय र समाबेशी सस्थाहरुका प्रतिनिधि र पत्रकारज्युहरु सलग्न टोलि ले आयोगका माननीय अध्यक्ष डा.रामकृष्ण तिमल्सेना र सदस्य माननीय बिष्णुमाया ओझा ज्यु लगायत पाचै जना माननियज्युहरु साथै रास्ट्रिय महिला आयोगका सदस्य्ज्यु समक्ष भेटी ज्ञापनपत्र बुझायो । उक्त अबसर मा अपाङता अधिकारकर्मिज्यु हरुले आआफ्नो भनाइ समेत राख्दै संविधान अनुरुप रास्ट्रिय समाबेशी आयोग मा नै अपाङ्गता छेत्रबाट नियुक्ती गरिनु पर्ने, राज्यका नीति नियमहरु समाबेशि भए नभएको रिभ्यु गर्नु पर्ने, राज्यका सम्पुर्ण नियुक्तिहरुमा समाबेशीकरण गर्न पहल अनुगमन गरिनु पर्ने, महिलाको ३३% सहभागीता अपाङ्गता भएका महिलाको अनिबार्य आरक्षणको ब्यबस्था गरिनु पर्ने, आयोगमा अपाङ्गता डेस्क निर्माण गरिनु पर्ने , स्थानिय तहको निर्बाचन मा अपाङताको कोटा ब्यबस्था गर्न निर्बाचन आयोग र पार्टी हरुमा वकालत पहल गर्नु पर्ने लगायत का माग प्रस्तुत गरियो ।

 

सो कार्यक्रम सगरमाथा, ये पी वान र माउन्टेन टेलिभिजन द्वारा प्रसारण गरिएको थियो भने अनलाइन खबरमा रातो पाटि र दैनिक हबले प्रकाशित गरेको थियो। (https://ratopati.com/…/221402/2022/2/16/nepal-apanga-sang,  (https://dainikhub.com/social/48356/…) https://sagarmatha.tv/2022/02/16/104001?fbclid=IwAR0cInmYfIrw63UqClI2xBZ8qnaYpKwdKeCXad2OujT93mFVjXwiwZJTf78

← Previous Article All Articles Next Article →