अपाङ्गता भएका महिलाहरू र बालिकाहरूमा कोभिड–१९ ले पारेको असरबारे द्रुत सर्वेक्षण
विश्व यति बेला कोभिड १९ कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको अवस्था छ । यस महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन । कोभिड १९ को असर सबै उमेर‚ लिङ्ग‚ जाति‚ शारीरिक अवस्था‚ आर्थिक अवस्थाका मानिसहरूमा परेको छ। त्यसमा पनि बालबालिका‚ ज्येष्ठ नागरिक‚ अपाङ्गता भएका व्यक्ति‚ दिर्घरोगि‚ गर्भवती तथा सुत्केरी महिला अरू भन्दा बढी जोखिममा रहेका छन् ।
विश्वमा ५ जना मध्ये १ जना महिलामा अपाङ्गता छ ‚ जस मध्य तिन-चौथाइ महिला र बालिका हरू नेपाल जस्ता अति कम तथा मध्यम आय भएका राष्ट्रहरूमा रहेका छन् । हरेक समाजमा अपाङ्गता भएका महिला र बालबालिका उपस्थिति रहे पनि उनीहरू ले विभिन्न प्रकारका विभेद‚ दुर्व्यवहार हिंसाको सामना गर्नु परेको तितो यथार्थ हाम्रो सामु रहेको छ । सामाजिक रूपमा एक्लाउने कार्य‚ हिंसा र यौनिक दुर्व्यवहार को उच्च जोखिम‚ सञ्चार र जानकारीको अभाव‚ आधारभूत सेवामा पहुँचको कमी‚ शिक्षा र अवसरबाट वञ्चित र उनीहरूलाई हेर्ने विभेदकारी सामाजिक दृष्टिकोण केही उदाहरणहरू हुन् ।
अपाङ्गता भएका महिला र बालिकाहरूका लागि यस्ता बहिष्कार‚ बाधा र भेदभावहरू सङ्कटको बेलामा झनै मौलाएर‚ बढेर आउने गर्दछन् । तसर्थ कोभिड १९ को बेलामा महिला र किशोरीहरूमाथि घर भित्र/बाहिर‚ क्वारेनटाइनमा हुने र हुन सक्ने हिंसाको जोखिम र जटिलता झनै बढेको कुरा विभिन्न सञ्चार माध्यम र अध्ययनले देखाइ नै सकेका छन् ।
महिला भित्रको पनि सबै भन्दा सीमान्तकृत अपाङ्गता भएका महिला र बालिकाहरू माथि यस कोभिड १९ ले अहिलेको अवस्थामा के कस्तो प्रभाव छ अथवा पारेको हुनसक्छ भनेर बुझ्नकोलागि नेपाल अपाङ्ग महिला सङ्घ ले एउटा अनुसन्धान गरिरहेको छ ।
यस अनुसन्धानको उद्देश्य भनेको कोरोना भाइरस महामारीमा र बन्दबंदीको अवस्थामा अपाङ्गता भएका महिला र बालबालिकाको वस्तुस्थितिको विश्लेषण गर्ने तथा उनीहरूमा महामारी र बन्दबंदीले पारेको प्रभाव विश्लेषण गर्ने रहेको छ ।
कृपया तल रहेको फारम भरेर, यस अध्ययनमा सहभागिता जनाउनुहोला ।
 
  English
 English 
					