News

अपाङ्गता भएका महिलाको कानुनी अधिकार बारे क्षमता अभिवृद्धी तालिम

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि  आएका अन्तर्राष्ट्रिय सन्धी, महासन्धि, नेपाल सरकारले बनाएका कानुन नियमका बारेमा जानकारी दिने उद्देश्यले नेपाल अपाङ्ग महिला संघले आफ्ना सदस्यहरूलाई  मंसिर ७  र ८ गते  चौंथो चरणको  दुई दिने  तालिमको आयोजना गर्‍यो ।  

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि  आएका अन्तर्राष्ट्रिय सन्धी, महासन्धि, नेपाल सरकारले बनाएका कानुन नियमका बारेमा जानकारी दिने उद्देश्यले नेपाल अपाङ्ग महिला संघले आफ्ना सदस्यहरूलाई  मंसिर ७  र ८ गते  चौंथो चरणको  दुई दिने  तालिमको आयोजना गर्‍यो ।  तालिममा   प्रदेश १ बाट इलाम र मोरङ, बागमतीबाट दोलखा, काभ्रे, ललितपुर,  काठमाडौं, रसुवा र धादिङ, गण्डकीबाट कास्की र गोर्खा,  सुदूरपश्चिम प्रदेशबाट कञ्चनपुर,  कर्णाली प्रदेशबाट सुर्खेत र दैलेखलगायत १३ वटा जिल्लाका नेपाल अपाङ्ग महिला संघका साधारण सदस्य, च्याप्टर सदस्य र अपाङ्गता भएका महिला र व्यक्तिको अधिकारका लागि काम गर्दै आएका संघसंस्थाका प्रतिनिधि गरी ३५ जनाको सहभागिता थियो ।

संघले नेपाल सरकारले हस्ताक्षर गरेका अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि UNCRPD, मानव अधिकारको विश्वव्यापी घोषणापत्र UDHR र   अपाङ्गता अधिकार सम्बन्धी राष्ट्रिय कानुन र नियमावलीका बारेमा जानकारी दिइ आफ्ना सदस्य र अपाङ्गता अधिकारमा काम गर्ने अधिकारकर्मीहरूको क्षमता बढाउन  तालिमको आयोजना गरेको हो  । तालिममा अपाङ्गता अधिकार ऐन २०७४, नियमावली,  अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धी (युनसीआरपीडी), महासन्धीको आवधिक प्रतिवेदन तयार र रिपोर्टीङ प्रक्रिया, महिलामाथि हुने सवैप्रकारका विभेदविरुद्धको महासन्धी (सिड) दिगो विकाशका लक्ष्य (SDG), मानव अधिकारको विश्वव्यापी घोषणापत्र र नेपाल मानव अधिकार आयोगको कार्यक्षेत्रका बारेमा सहभागीलाई जानकारी दिइएको थियो । तालिमको सहजीकरण मानव अधिकार आयोगका सचिव मुरारी खरेल, अधिवक्ता सविन श्रेष्ठ, अधिवक्ता कपिल अर्याल, नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टिका दाहाल, महासचिव मीना पौडेलले गर्नुभएको थियो

 

← Previous Article All Articles Next Article →