News

अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि बनेका कानुनका बारेमा पुनर्ताजगी तालिम

अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि बनेका कानुनका बारेमा पुनर्ताजगी तालिम

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि  आएका अन्तर्राष्ट्रिय सन्धी, महासन्धि, नेपाल सरकारले बनाएका कानुन नियमका बारेमा नेपाल अपाङ्ग महासंघले  पुनर्ताजगी तालिम आयोजन गरेको छ । संघले आफ्ना सदस्यहरू र  अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संघ संस्थाका प्रतिनिधिलाई  फागुनको २० र २१ गते यो तालिमको आयोजना गरेको हो ।     तालिममा गोर्खा, काभ्रे  दोलखालगायत उपत्यकाका तीनै जिल्लाका नेपाल अपाङ्ग महिला संघका साधारण सदस्य र अपाङ्गता भएका महिला र व्यक्तिको अधिकारका लागि काम गर्दै आएका संघसंस्थाका प्रतिनिधि गरी ३० जना भन्दा बढीको सहभागिता थियो ।

संघले नेपाल सरकारले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय महासन्धि र   अपाङ्गता अधिकार सम्बन्धी राष्ट्रिय कानुन र नियमावलीका बारेमा जानकारी दिइ आफ्ना सदस्य र अपाङ्गता अधिकारमा काम गर्ने अधिकारकर्मीहरूको पैरवी वकालत र शसक्तिकरणमा क्षमता बढाउन यो पुनर्ताजगी  तालिमको आयोजना गरेको हो  । तालिममा अपाङ्गता अधिकार ऐन २०७४,  अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धी (युनसीआरपीडी), महिलामाथि हुने सवैप्रकारका विभेदविरुद्धको महासन्धी (सिड), नेपालले हस्ताक्षर गरेका अन्य महासन्धी, दिगो विकास लक्ष्य र का  बारेमा सहभागीलाई जानकारी दिइएको थियो ।  तालिमको सहजीकरण राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले गर्नु भएको थियो ।

 

← Previous Article All Articles Next Article →