स्थानीय तहबाटै भोलिबाट हुन गैरहेको यो तथ्यांक संकलन गर्ने क्रममा सोधिने प्रश्नमा अपाङ्गता भएका महिला, अपाङ्गता भएका सबै प्रकारका ब्यक्तिको यथार्थ बिबरण संकलन गरियोस भनि हार्दिक आह्वान गर्दछौ
अपाङ्गता, लैंगिकमैत्री, समाबेशी १२औ राष्ट्रिय जनगणना २०७८ को लागि अपाङ्गता भएका महिलाहरुको हार्दिक अनुरोध
ऐतिहासिक १२औ राष्ट्रिय जनगणना २०७८; कार्तिक २५ गते देखि मङ्सिर ०९, २०७८ देश व्यापिरुपमा संचालन भैरहेको कुरा सर्बबिदितै छ । यस अवसरमा केन्द्रीय तथ्यांक बिभागले यस पटक अपाङ्गता भएका व्यक्तिको सहि र यथार्थ तथ्यांक संकलन गर्नको लागि मुख्य प्रश्नावली मै समेटेको छ जुन कुरा स्वागतयोग्य छ साथै यस पटक जनगणनामा अपाङ्गता भएका व्यक्तिको सहि तथ्यांक आउनेमा आशाबादी छौ ।
सबै स्थानीय तहबाटै भोलिबाट हुन गैरहेको यो तथ्यांक संकलन गर्ने क्रममा सोधिने प्रश्नमा अपाङ्गता भएका महिला, अपाङ्गता भएका सबै प्रकारका ब्यक्तिको यथार्थ बिबरण संकलन गरियोस भनि हार्दिक आह्वान गर्दछौ
- गणक तथा सुपरभाईजरहरुले सहि रुपमा सबै प्रकारका व्यक्तिको तथ्यांक लिईरहेका छन् कि छैनन् भन्ने कुराको यकिन गरि ढुक्क हुन स्थानीय सरकार, नागरिक सघ संघ संगठन र संचार माध्यम हरुको अनुगमन गर्नु अत्याबस्यक र अपरिहार्य रहेको छ ।
- अपाङ्गता भएका व्यक्तिमा पनि हेर्दा नदेखिने अबस्था को अपागतालाइ छुट्न सक्छन् भन्ने कुरालाइ मनन् गरि गणकहरुले प्रश्न सोध्दा ध्यान दिनुपर्ने जरुरि हुन्छ ।
- अपाङ्गता सम्बन्धीको विवरण लिन प्रश्नावलीहरु सोध्नलाइ केहि समय लगाएर धर्यतापुर्बक सोध्नको लागि गणकहरुलाइ अनुरोध गर्दछौ।
- अपाङ्गतामैत्री, लैंगिकमैत्री र समाबेशी जनगणना गरि तथ्यांक संकलन गर्ने बारेमा सबै छेत्रबाट समुदायमा जनचेतना फैलाऊ ।
- स्थानीय तहमा रहेका अपाङ्गता भएका व्यक्तिको सवालमा कार्यरत संघसंस्था तथा अपाङ्गता समन्वय समितिहरुका सदस्यहरु गणना कार्य अबधिभर कृयाशिल भै अनुगमनको आबस्यकता रहेको छ ।
टीका दाहाल, अध्यक्ष
नेपाल अपाङ्ग महिला संघ, परिवार, कालोपुल, काठमान्डौ ।
| CBS-appeal |