News

अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि बनेका कानुन नियमका बारेमा क्षमता अभिवृद्धी तालिम

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि  आएका अन्तर्राष्ट्रिय सन्धी, महासन्धि, नेपाल सरकारले बनाएका कानुन नियमका बारेमा जानकारी दिने उद्देश्यले नेपाल अपाङ्ग महासंघले आफ्ना सदस्यहरूलाई  भदौको ५ र ६ गते गरी दुई दिने तालिमको आयोजना गर्‍यो ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि  आएका अन्तर्राष्ट्रिय सन्धी, महासन्धि, नेपाल सरकारले बनाएका कानुन नियमका बारेमा जानकारी दिने उद्देश्यले नेपाल अपाङ्ग महासंघले आफ्ना सदस्यहरूलाई  भदौको ५ र ६ गते गरी दुई दिने तालिमको आयोजना गर्‍यो ।  तालिममा कैलाली, बर्दिया, मकवानपुर, काभ्रे तनहुँलगायत उपत्यकाका तीनै जिल्लाका नेपाल अपाङ्ग महिला संघका साधारण सदस्य र अपाङ्गता भएका महिला र व्यक्तिको अधिकारका लागि काम गर्दै आएका संघसंस्थाका प्रतिनिधि गरी ३० जना भन्दा बढीको सहभागिता थियो ।

संघले नेपाल सरकारले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय महासन्धि र   अपाङ्गता अधिकार सम्बन्धी राष्ट्रिय कानुन र नियमावलीका बारेमा जानकारी दिइ आफ्ना सदस्य र अपाङ्गता अधिकारमा काम गर्ने अधिकारकर्मीहरूको क्षमता बढाउन  तालिमको आयोजना गरेको हो  । तालिममा अपाङ्गता अधिकार ऐन २०७४,  अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धी (युनसीआरपीडी) महिलामाथि हुने सवैप्रकारका विभेदविरुद्धको महासन्धी (सिड) मानव अधिकारको विश्वव्यापी घोषणापत्र र नेपाल मानव अधिकार आयोगको कार्यक्षेत्रका बारेमा सहभागीलाई जानकारी दिइएको थियो ।

← Previous Article All Articles Next Article →