News

अपाङ्गता समावेशी कोरोना प्रतिकार्यका लागी सचेतनामूलक पोस्टर तयार

नेपाल अपाङ्ग महिला सङ्घले अपाङ्गता समावेशी कोरोना प्रतिकार्यसम्बन्धी सचेतनामूलक पोस्टर तयार गरेको छ। विश्वमा कोरोना महामारी तीव्र गतिमा बढ्दै गइरहेको र नेपालमा पनि यसको प्रभाव कायम नै रहेको अवस्थामा कोरोना प्रतिकार्यलाई थप अपाङ्गता समावेशी बनाउनको लागी यो पोस्टर तयार गरिएको हो।

नेपाल अपाङ्ग महिला सङ्घले अपाङ्गता समावेशी कोरोना प्रतिकार्यसम्बन्धी सचेतनामूलक पोस्टर तयार गरेको छ। विश्वमा कोरोना महामारी तीव्र गतिमा बढ्दै गइरहेको र नेपालमा पनि यसको प्रभाव कायम नै रहेको अवस्थामा कोरोना प्रतिकार्यलाई थप अपाङ्गता समावेशी बनाउनको लागी यो पोस्टर तयार गरिएको हो।

महिला सङ्घले तयार गरेका यी पोस्टर जम्मा चार ओटा समूहमा विभाजित छन् जसमा अपाङ्गता भएका व्यक्तिहरूलाई कोरोनासम्बन्धी सूचनामा कसरी पहुँच पुर्‍याउने, अपाङ्गता भएका व्यक्तिहरू स्वयम् कसरी सक्रिय बन्ने, अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य र सुरक्षामा कसरी ध्यान दिने र राज्य तथा सामाजिक सङ्घसंस्थाको भूमिका के हुने भन्ने कुराहरू समेटिएको छ। पोस्टरमा उल्लेख गरिएका जानकारीहरू निकै सरल भाषामा लेखिएका छन् र प्रत्येक जानकारीलाई थप प्रस्ट पार्न उपयुक्त चित्रहरूको समेत प्रयोग गरिएको छ । यसले गर्दा पोस्टरमा उल्लेख गरिएका जानकारीहरू सिकाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू, मनोसामाजिक अपाङ्गता, बौद्धिक तथा अटिजम भएका व्यक्तिहरूलगायत सबै व्यक्तिहरूले समेत बुझ्न सक्ने विश्वास लिइन्छ।

देशमा कोरोनाको महामारी र यस बाट हुन सक्ने जोखिम कायमै रहेको र अपाङ्गता भएका व्यक्तिहरू विशेष गरी अपाङ्गता भएका महिलाहरू जोखिममा भएको कारणले गर्दा सरकार तथा सरोकारवाला निकायहरूले यस महामारीको प्रतिकार्यका लागि कुनै पनि क्रियाकलाप सञ्चालन गर्दा, तिनीहरूलाई अपाङ्गता समावेशी ढङ्ग बाट सञ्चालन गर्न सकियोस् र यसो गर्न सबैको ध्यान पुगोस् भन्नका लागी यो पोस्टर तयार गरिएको राष्ट्रिय अपाङ्ग महिला सङ्घका अध्यक्ष टिका दाहालले जानकारी गराउनु भयो। कोरोना प्रतिकार्यलाई अपाङ्गता समावेशी बनाउन क-कसले कसरी काम गर्न सक्दछन् भन्ने कुरा स्पष्ट रूपमा सरल भाषामा उल्लेख गरिएको कारण सबैलाई बुझ्न र तदनुसार काम गर्न सरोकारवाला निकायहरूलाई सहज हुने कुरामा आफू विश्वस्त रहेको कुरा सङ्घकी महासचिव मिना पौडेलले बताउनु भयो।

कोरोना महामारी कायम नै रहेको यस अवस्थामा कोरोना प्रतिकार्यसँग सम्बन्धित कार्यहरूलाई अपाङ्गता समावेशी बनाउनको निमित्त यस पोस्टरले सम्बन्धित निकाय तथा व्यक्तिहरूलाई निकै सहज र सरल बनाउने विश्व समेत नेपाल अपाङ्ग महिला सङ्घले लिएको छ ।

यी पोस्टहरू सीबीएमसंगको सहकार्यमा तयार गरिएका हुन् ।

यी चार वटै पोस्टरहरू पिडिएफ् वा पहुँचयुक्त माईक्रोसफ्ट वर्ड फर्म्याटमा डाउनलोड गर्नको लागि हाम्रो स्रोत-सामाग्री पृष्ठमा जानुहोला ।

← Previous Article All Articles Next Article →