News

वलात्कार पिडित वहुअपाङ्गता भएकि महिलाको  उद्धार, सुरक्षा र न्यायको लागि हार्दिक अपिल गर्दछौ ।

वलात्कारीको तुरुन्त खोजी गरी हिरासतमा राखियोस र पिडितको सुरक्षा, पुर्नस्थापना र न्याय सुनिश्चितता गरियोस साथै वहुअपांगता भएकी महिलालाई वलात्कार गर्ने अपराधिलाई हदै सम्मको कडा भन्दा कडा कानुनी कार्यवाहि गरियोस भनि सरकार, संघसंस्था, संचार माध्यम र नागरिक समाज संग हार्दिक अपिल गर्दछौं ।

न्यायको लागि अपिल:

मिति: २०७८ बैशाख २९:

विगत एक वर्ष भन्दा वढी समय देखि विश्व कोरोना भाइरस महामारीको लडाइ विरुद्ध जुधिरहेको छ भने यति वेला काभिड१९ महामारीको दोस्रो लहर झनै भयावह र शक्तिशाली भएर संक्रमण फैलाइरहेको छ । नेपाल सरकारले संक्रमण नफैलियोस भनेर देश भरी नै लकडाउन गरिरहेको छ । कोरोनाको त्रास एकातिर छ भने महिला, वालीकाहरु यौन हिंसा, वलात्कारको सिकार अत्यधिक रुपमा भइरहेका छन् । घरेलु हिंसा, मानसिक तनाव र आत्महत्या समेतका घटना गत वर्ष देखि नै दर्दनाक वन्दै गएको छ ।

महोत्तरी जिल्ला लोहरपट्टी, ११ वडा रौजामा वहुअपाङ्गता भएकि वर्ष२०, सानुकुमारी कुर्मि (परिवर्तित नाम) महिला वोल्न नसक्ने, अरुले वोलेको कुरा पनि राम्रोसंग वुझ्न नसक्ने, हिंडडुल गर्न पनि राम्रोसंग नसक्ने मिति २०७८ वैशाख २६ गते दिनको ४ वजे आफ्नै घरमा एक्लै वसिरहेको वेलामा  छिमेकि वर्ष ३० को ट्याक्टर ड्राइभर ताहिर सेक नाम गरेको नरपिसाचले वलात्कार गरेको छ ।

घट्ना विवरण:

मिति २०७८ बैसाख २६ गतेको दिनको ४ वजे निज अपराधी  आफुले टयाक्टरमा गहुँ बोकेर बजारमा बेच्न लगिदिएको बापत भाडा रकम लिन भनि प्रभावितको घरमा पुग्छ र घरमा कोही नभएको निज महिला मात्र भएको सुइको पाए पछि साथै उनि बोल्न र चल्न नसक्ने देखेर एक्लै भएको मौका पारि बलात्कार गरेर घर आफ्नो घर फर्क्यो । सोहि दिन रात परेपछि आमा बुबा घर आएपछि उनि रुदै आफ्नो पिडा हातको अलिअलि इशाराले भएपनि बताउन र बुझाउन निक्कै प्रयास गरिन तर कसैले उनको कुरा बुझेनन् । फेरि भोलीपल्ट त्यही पिडक ताहिर पैसा लिन भनेर आयो र तत्कालै ति पिडित महिलाले आमालाई इशाराले रुदै भनिन् तर ताहिरले स्विकारेन बरु उल्टै होइन होइन भनेर टार्नखोज्यो तर किशोरीले बलात्कार गरेको इशाराले के के गरेको थियो हाउभाउ र बलात्कार गर्दा कुन लुगा लगाएको थियो त्यो पनि इशाराले रुदै भनेपछि पिडक तत्कालै त्यहाँबाट भागिहाल्यो । त्यसपछि उनका वुवा विक्षिप्त हुँदै छोरीको न्याय खोज्न छिमेकि, समाजमा सुनाए तर कसैले पनि सहयोग बाचा र हौसला दिएनन बरु यस्तो कुरा वाहिर ल्याउन हुदैन समाज मै मिल्नु पर्छा भनि दवाव दिन थाले, आर्थिक प्रलोभन पनि देखाएर धम्की समेत दिइरहेका छन् तर निज पिडित महिलाको बुबा आमाले मिल्न नमाने पछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आएर न्यायको भिख मागी रहेका छन ।

हाल पिडितको मेडिकल टेस्ट भैसकेको छ, तर सबै तिर बन्द भएको कारण जाहेरी प्रहरी कार्यलयबाट नै लेखिदिने जानकारी आएको छ भने हाल पिडक फरार भएको छ । स्थानीय सरकारको सहयोग र प्रहरीले उसलाई पकडिएर थुनामा राखी कानुनी कार्यवाहि गर्न ढिला सुस्ति भइरहेको अवस्था छ साथै पिडित महिला आफ्नो कुरा व्यक्त गर्न पनि नसक्ने कारणले मनोपरामर्श लगायतका सेवा दिन र पिडितको सुरक्षाको लागि समस्या भइरहेको छ ओरेक महोत्तरी दोभाषेको सहयोगको लागि संघसंस्थासंग समन्वय गरिरहेको छ ।

तसर्थ वलात्कारीको तुरुन्त खोजी गरी हिरासतमा राखियोस र पिडितको सुरक्षा, पुर्नस्थापना र न्याय सुनिश्चितता गरियोस साथै वहुअपांगता भएकी महिलालाई वलात्कार गर्ने अपराधिलाई हदै सम्मको कडा भन्दा कडा कानुनी कार्यवाहि गरियोस भनि सरकार, संघसंस्था, संचार माध्यम र नागरिक समाज संग हार्दिक अपिल गर्दछौं ।

टीका दाहाल, अध्यक्ष

नेपाल अपांग महिला संघ

ndwa.2009@gmail.com

← Previous Article All Articles Next Article →