News

३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

‘हामी सबैको प्रतिबद्धताःलैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २५ नोभेम्बर २०२४ सोमबारदेखि सुरु भएको छ ।

अभियानका उपलक्ष्यमा सोमबार बिहान महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजना र विभिन्न संघसंस्थाको सहभागितामा र्‍याली निकालियो । माइतीघरदेखि सुरु भएको र्‍याली भृकुटीमण्डपमा गएर सभामा परिणत भएको थियो । र्यालीमा नेपाल अपाङ्ग महिला स‌ंघलगायत २० भन्दा धेरै स‌ंघसंस्थाको सहभागिता थियो ।

र्यालीमा  नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेबारे ध्यानाकर्षण गराइएको थियो ।  साथै श्रमको सम्मान, हिंसा प्रभावित महिलाको न्यायमा पहुँच बढाउन व्यवस्था गरिएका सबै निकाय र संयन्त्रको प्रभावकारी, पहुँचयुक्त गुणस्तरीय र लैंगिकउत्तरदायी  सेवा प्रवाहको सुनिश्चितता, सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्यमान्यता तत्काल खारेज तथा सामाजिक रूपान्तरणका लागि समुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सञ्चालन गर्नुपर्नेलगायत नारा लगाएका थिए ।

← Previous Article All Articles Next Article →