प्रमिला वस्ती
Sep 14, 2023
आत्महत्याका धेरैजसो कारक मानसिक रोगसँग जोडिए पनि यसको बहुआयामिक पक्षलाई ‘बायो साइकोलोजिकल मोडल’ बाट विश्लेषण गर्नुपर्ने हुन्छ । डिप्रेसनजस्तो मनोदशाबाट गुज्रिरहेको व्यक्तिले संसारलाई कसरी र कुन हदसम्म अन्धकार देख्छ भनेर विविध पक्षलाई केलाउँदा यसलाई पृष्ठपोषण गरिरहेका आर्थिक, सामाजिक, राजनीतिक तथा स्वास्थ्य सेवाप्रवाहका विभिन्न पाटा हेर्नुपर्छ ।