News

लैङ्गिक हिंसा सम्बन्धी तिन दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

नेपाल अपाङ्ग महिला संघले ओमेन काईन्ड वर्ल्डवाइड सहयोगमा संचालित “अवरोध घटाऊँ न्यायमा पहुँच बढाऊँ”” परियोजना अन्तर्गत यही २०७९ साल भाद्र २२, २३ र २४ गतेसम्म काठमाडौंको हार्दिक होटेलमा “अपाङ्गता भएका महिलाहरुको सन्दर्भमा लैङ्गिक हिंसा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम” तालिम आयोजना गर्‍यो ।

अपाङ्गता भएका महिला तथा सरोकारवालाका लागि लुम्विनी प्रदेशमा पहुँचयुक्त आघात सुसूचित हेरचाह सम्बन्धी तालिम

अपाङ्गता भएका महिला तथा सरोकारवालाका लागि पहुँचयुक्त आघात व्यवस्थापन र मनोपरामर्श सम्बन्धी प्रदेशस्तरीय पाँचदिने तालिम लुम्विनी प्रदेशको वुटवलमा सम्पन्न भएको छ ।

अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि बनेका कानुन नियमका बारेमा क्षमता अभिवृद्धी तालिम

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि  आएका अन्तर्राष्ट्रिय सन्धी, महासन्धि, नेपाल सरकारले बनाएका कानुन नियमका बारेमा जानकारी दिने उद्देश्यले नेपाल अपाङ्ग महासंघले आफ्ना सदस्यहरूलाई  भदौको ५ र ६ गते गरी दुई दिने तालिमको आयोजना गर्‍यो ।

समिक्षा वैठक सम्पन्न

नेपाल अपाङ्ग महिला संघको यो वर्षको ६ महिनामा गरिएको कामका बारेमा समिक्षा गर्न
समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न भयो ।