16 days campaign, raise voice against gender based violence, 2021


जव सम्म अपांगता भएका महिलाको शारीरिक, बौद्धिक, मानसिक अवस्थाको स्वीकार गरिदैन, निर्णायक तहमा प्रतिनिधित्वको सुनिश्चितता हुुँदैन र आर्थिक रुपले सवल हुन, सक्दैनन् तव सम्म विभेद, हिंसा रहित घर, समाज, राज्यको परिकल्पना गर्न सकिदैन ।
यस लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सन् २०२१ को अवसरमा अपांगता भएका महिला विरुद्धका सवै खाले हिंसा अन्त्यको लागि प्रतिवद्ध होऔं हिंसा विरुद्ध आवाज उठाउ, लैंगिकता र अपांगताको आधारमा हुने सवै खालको हिंसा अन्त्य गरौं ।
अपाङ्गता भएका महिला माथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि सबैले एकै साथ आवाज उठाऔं । अपाङ्गता भएका महिलामाथि हुने हिंसा अन्त्य गरी सुरक्षित, सम्मानित र समावेशी समाजको निर्माण गरौं ।
राज्यले सीमित क्षेत्रहरूमा मात्र नभएर देशका सम्पूर्ण क्षेत्रहरुमा पनि अपांगता भएका महिलाहरुले पाउनुपर्ने सबै किसिमका सेवा सुबिधाहरू उनीहरु समक्ष पुर्याउन जरुरि छ |
अपाङ्गता भएका महिलाले दुर्व्यवहार वा हिंसा सहनु परेको छ भने, त्यसो गर्ने व्यक्तिको विरुद्ध न्यायिक निकायमा उजुरी गरौं र लैङ्गिक हिंसा र दुर्व्यवहार विरुद्ध एक हौं | लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान महिला हिंसा बिरुद्ध आवाज उठाउने दिवसमा मात्र नभएर ३६५ दिन भरि नै अपाङ्गताका आधारमा उनिहरु बिरुद्ध हुुने सबै प्रकारका हिंसाको अन्त्यका लागि सबैले एकै साथ प्रतिबद्धता र प्रण गरौं, अपाङ्गता भएका महिलामाथि हुने हिंसा अन्त्य गरी सुरक्षित, सम्मानित र समावेशी समाजको निर्माण गरौं ।