News

नेपाल अपाङ्ग महिला संघ (NDWA) द्वारा मानसिक स्वास्थ्य र स्व-हेरचाह सम्बन्धी दुई दिने तालिम सम्पन्न

काठमाडौं, नेपाल — नेपाल अपाङ्ग महिला संघ (NDWA) द्वारा आयोजित दुई दिने मानसिक स्वास्थ्य, सामाजिक मनोबल सुदृढीकरण र स्व-हेरचाह सम्बन्धी तालिममा ३० जना अपाङ्गता भएका महिला र तिनीहरूका हेरचाहकर्ताहरूले सहभागी भई कलाको माध्यमबाट आफ्ना अनुभव आदान–प्रदान गर्ने र आफूभित्रको भावना अभिव्यक्त गर्ने अवसर पाए।

यस तालिमले सुरक्षित वातावरण सिर्जना गर्ने लक्ष्य राखेको थियो, जसको करण सहभागीहरूलाई आफ्ना विगतका अनुभवहरूमा पुनरावलोकन गर्न, आफ्ना कमजोरीहरू अभिव्यक्त गर्न र आत्मबलको बढाउने अवसर प्रदान गर्‍यो।

There are three women sitting next to each other on the training hall floor. There are chart papers in front of them. The women are cutting different pieces of clothes and making different figures they attach into the chart paper.
Participants engaged while expressing themselves through art during mental health training.

कार्यक्रमको उद्घाटन NDWA की महासचिव देव कुमारी पराजुलीले गर्नु भएको थियो। उहाँले सहभागीहरूलाई स्वागत गर्दै मानसिक स्वास्थ्य र आत्म-सशक्तिकरणको महत्त्वमा जोड दिनुभयो। तालिमको सहजीकरण साधना थापाले गर्नुभएको थियो, जसले कला, ध्यान र कथा कथन समावेश गरिएको प्रभावकारी गतिविधिहरू सञ्चालन गर्नुभयो।

“कला पूर्ण हुनु पर्दैन—यो हामीभित्र बोकेको भावना अभिव्यक्त गर्ने माध्यम हो,” सहजकर्ता थापाले सहभागीहरूलाई आफ्नो भित्रका कुरा खुला रूपमा अभिव्यक्त गर्न प्रेरित गर्दैभन्नुभयो।

पहिलो दिनको तालिम पूर्व अनुभवहरूमा केन्द्रित रह्यो, विशेषतः सहभागीहरूले आफूलाई असुरक्षित वा दबिएको महसुस गरेका थिए। ध्यान मार्फत उनीहरूले आफ्नो आन्तरिक भावनासँग गहिरो सम्पर्क गरे र त्यसपछि कला र कविता मार्फत ती भावना अभिव्यक्त गरे।

दोस्रो दिन, सहभागीहरूले आफ्नो जीवनका उपलब्धिहरूमा पुनरावलोकन गरे। जीवनलाई विभिन्न उमेर समूहमार्फत विभाजन गर्दै, प्रत्येक चरणका उपलब्धिहरूलाई पोस्टकार्डको रूपमा प्रस्तुत गरे।

सहभागीको कथन

“मैले पिंजरा कोरेकी छु जसभित्र चरा छन्—ती चरा म, मेरी आमा, बुबा र दाइलाई प्रतिनिधित्व गर्छन्। बुबा निकै कडा स्वभावका हुनुहुन्थ्यो। उहाँ अफिस जानुहुन्थ्यो भने हामी स्वतन्त्र महसुस गर्थ्यौं। तर उहाँ फर्किनु भयो भने घरभित्र डर लाग्थ्यो। बिहे गरेपछि म स्वतन्त्र पन्छी जस्तै भएँ,” उनले भनिन्।

“हामी बहिरा भएकाले केही गर्न सक्दैनौं भन्ने मानिसहरू थिए। तर आज म विभिन्न संस्थाहरूमा गएर आफ्ना अनुभवहरू बाँड्दछु। अब म पिंजरामा छैन—म एक कलाकार हुँ, स्वतन्त्र पन्छी।”

उनले रातो, पहेँलो र सुन्तला रंगको प्रयोग गरेर दुःख र शक्ति दुवैको प्रतिनिधित्व गरेकी थिइन्।

“आगो जलाउँछ र पिर दिन्छ, ठीक त्यस्तै हामीले विगतमा भोगेको पीडा पनि थियो। तर अब ती रंगहरूले शक्ति पनि दर्शाउँछ।”

यो तालिमले विशेषगरी सीमित पहुँचमा परेका अपाङ्ग महिलाहरूका लागि मानसिक स्वास्थ्य र सामाजिक समर्थनयुक्त स्थानहरू कति आवश्यक छन् भन्ने कुरामा बल दिएको छ।

आत्म-अभिव्यक्ति र सह–अनुभूतिका माध्यमबाट, सहभागीहरूले केवल आफ्नो विगतमा फर्किएनन्, उनीहरूले आपसी अनुभवबाट प्रेरणा लिंदै भविष्यप्रतिको आशा र आत्मबल पनि विकास गरे।

NDWA ले यस्ता थप तालिम र समर्थनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै अपाङ्ग महिलाहरूलाई आत्म-हेरचाह, अभिव्यक्ति र नेतृत्वमा सशक्त बनाउने योजनामा प्रतिबद्ध रहेको जनाएको छ।

← Previous Article All Articles Next Article →