विषयगत उपलब्धीहरू

 वकालत अभियान:

  • अपाङ्गता भएका महिलालाई अपाङ्गता परिचयपत्र, सहायक सामग्री र राज्यले दिने सेवा सुबिधाहरु दिलाउनका लागि समन्वय र सहकार्य गर्न सफल भएको  ।
  • अपाङ्गता भएका व्यक्तिहरूप्रतिको समाजमा बिद्यमान नकारात्मक धारणामा परिवर्तन ल्याई केहीहदसम्म सकारात्मक परिवर्तन ल्याउन सफल भएको ।
  • राष्ट्रिय अपाङ्ग महासंघ नेपाल तथा अपाङ्गता अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुसंगको संयुक्त सहकार्य गरी वकालत अभियान गरिएकोले अपाङ्गता मैत्री नीति निर्माण, संशोधन तथा परिमार्जन गर्न पहल भएको । जस्तै: अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धि ऐन २०७४ व्यवस्थापिका संसदबाट २०१७ अगष्ट ६ का दिन पारित, समावेशी शिक्षा नीति २०७३ पारित, अपाङ्गता भएका व्यक्तिको सञ्चार निदेर्ि्शका २०७३ पारित ।
  • स्थानीय तहको वकालत अभियानद्वारा मोरङ जिल्लामा रु ८ लाख ६० हजार, कैलाली जिल्लामा परिलक्षितबाट प्राप्त परियोजना सञ्चालित, गोर्खा जिल्लाको जिससबाट रु. ५० हजार र ताकुकोट गाउँपालिकाबाट अपाङ्गता भएका महिलाको जीविकोपार्जन सम्बन्धी तालिमका लागि रु. ४० हजार रकम छुट्याउन सफल भएको । स्थानीय तहको वकालत अभियानद्वारा ललितपुरको सुनाकोठी स्वावलम्वन समूहद्वारा अपाङ्गता मैत्री सौचालय निर्माणका निम्ति २ लाख बजेट प्राप्त गर्न सफल भएको ।
  • अपाङ्गता मैत्री निर्वाचन प्रकृयाका सम्बन्धमा राष्ट्रिय निर्वाचन आयोग र निर्वाचन सम्बन्धी नीतिनिर्माताहरु, प्रमुख राजनीतिक दलहरुमा निरन्तर वकालत र दवाव सिर्जनाका कारण अपाङ्गता भएका व्यक्तिहरुलाई निर्वाचनको पर्यवेक्षण र अनुगममा सहभागिता, उम्मेदवारी, निर्वाचन नियमावलीमा अपाङ्गताको सवाल सम्बोधन गर्नुका साथै अपाङ्गता को सवाललाई सचेतीकरण गर्न सफल भएको ।
  • निरन्तरको प्रयासबाट पुर्वाञ्चलको मोरङ् जिल्लामा नेपालको पहिलो अपाङ्गता भएका महिलाको सहकारी दर्ता गर्न सफल भई सञ्चालनमा ल्याइरहेको ।
  • जिल्लाका विभिन्न विद्यालयहरुमा अपाङ्गता भएका व्यक्तिहरुका लागि निशुल्क शिक्षा भनिएता पनि कतिपय अपाङ्गता  भएका व्यक्ति तथा महिलाले निशुल्क नपाएको सम्बन्धमा विद्यालयहरुलाई दवाव दिएपछि विद्यालयहरुले बैठक बसेपश्चात्निशुल्क शिक्षाको व्यवस्था भएको ।
  • गोर्खा र धादिङ्ग जिल्लाका नीति निर्माण तहका व्यक्तित्व र सरोकारवालाहरुलाई राखी अपाङ्गता भएका महिलाले अस्पतालमा भोग्नु परेका समस्याहरुका सम्बन्धमा सचेत गराएको र त्यसको परिणाम स्वरुपअस्पतालहरुमा अपाङ्गता  भएका व्यक्तिहरुद्रुत गतिमा स्वास्थ्य उपचार पाउन सफल भएको ।
  • नेपाल अपाङ्ग महिला संघले गोर्खा जिल्लाका नीति निर्माताहरुलाई जि.स.स हलमा (जुन अपाङ्ग मैत्री थिएन) सार्वजनिक सुनुवाइ कार्यक्रम गरी ठोस दवाव दिएका कारण सार्वजनिक सुनुवाई कार्यक्रम गरेको केही दिनपश्चात् नै जिससको हलमा रर्याम्प निर्माण गरी ह्वीलच्यर प्रयोगकर्ता सजिलैसंगजानसक्ने बनाइएको ।
  • लगातारको वकालत तथा गहन छलफलबाट अपाङ्गता भएका महिलासंग सम्बन्धित केही मुद्दाहरु प्रभावितको पक्षमा फैसला भई दोषीलाई सजाय तथा प्रभावितलाई क्षतिपूर्तिको व्यवस्था भएको ।
  • जिल्ला तथा समुदाय तहमा कानुनी उपचार परामर्श सहायता सहज रुपमा उपलब्ध गराउँदै आएको जसको कारण अपाङ्गता भएका महिलाको न्यायमा पहुँच बृद्धि भएको ।
  • गरिब तथा पढाइबाट वन्चित (कञ्चनपुर र वाँके) अपाङ्गता भएका बालबालिकाहरूलाई निरन्तर छात्रवृत्ति प्रदान गरी विद्यालय शिक्षामा पहुँच बृद्धि भएको र परियोजना लक्षित विद्यालय जानबाटबञ्चित अपाङ्गता भएका बालबालिकालाई विद्यालय भर्ना अभियानमा जिल्ला कार्यक्रम लक्षित जिल्लाका जिल्ला शिक्षा कार्यालयहरुसँग निरन्तर रुपमा समन्वय र सहकार्य गर्दै आएको ।

सचेतना अभिबृद्धि:

  • नेपाल अपाङ्ग महिला संघले नयाँ संविधानमा व्यवस्था गरिएका महिला तथा अपाङ्गता अधिकार सम्बन्धी व्यवस्थाहरुको विश्लेषण, प्रकाशन तथा व्यापक रुपमा विवरण सम्प्रेषण गरी सचेतनाअभिबृद्धि गर्न सफल भएको ।
  • …बहु अपाङ्गता भएका बालिकाको शिक्षाका लागि अभिभावक सहयोगी पुस्तिका, प्रकाशन गरी सम्बन्धित सरोकारवालाहरु समक्ष यसको व्यापक रुपमा सम्प्रेषण र बितरण गरी सचेतनाअभिबृद्धि गरेको ।
  • कञ्चनपुर र बाँकेका नीतिनिर्माता तथा आम जन समुदायहरू माझ अपाङ्गता महिला आवाज रेडियो कार्यक्रममार्फत स्थानीय तहका नीतिनिर्माताहरुलाई अपाङ्गता  भएका महिलाका सवालहरुमा प्रतिबद्ध हुन र अपाङ्गता   भएका महिलाको सवालमा सुसूचित गर्न सफल भएको ।
  • स्थानीय तहमा महिला हिंसा बिरुद्धको १६ दिने अभियान, मानवअधिकार दिवस, मानवअधिकार महाभेला, अन्तरार्ि्ष्ट्रय महिला दिवस, अन्तरार्ि्ष्ट्रय अपाङ्गता दिवस जस्ता कार्यक्रमहरूमार्फत अपाङ्गता भएका महिलाका महत्वपूर्ण सवालहरुका सम्बन्धमा सचेतना अभिबृद्धि गर्न सफल भएको ।
  • जनचेतनाको लागि स्थानीय तह कानुन निर्माण, अपाङ्गता  भएका महिला हिँसा र आय आर्जन एवंम जीविकोपार्जनका सवालहरुमा ३ वटा जिङ्गलको निर्माण तथा सम्प्रेषण गरी आम सञ्चार माध्यमबाट सचेतनाअभिबृद्धि गर्न सफल भएको ।

 क्षमता विकास:

  • अपाङ्गता भएका महिला अधिकारकर्मीहरुलाई महिला तथा अपाङ्गता अधिकारसंग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी दस्तावेजहरुका सम्बन्धमा तालिम प्रदान गरी अधिकारका सर्न्दभमा दक्ष एवम क्षमता अभिबृद्धि गराई सरोकारवाला निकायहरु समक्ष अधिकारको माग दावी र वकालत गर्न सफल भएको ।
  • अपाङ्गता भएका महिला विपद व्यवस्थापन सम्बन्धमा तालिम प्राप्त गरी सम्बन्धित जिल्लाका समुदाय वा स्वावलम्बन समूहहरुका सदस्यहरु समक्ष आफूले प्राप्त गरेको ज्ञान, सिप र बिचार आदन प्रदान गर्न सफल भएको । .
  • स्थानीय तहका प्रमुख सरोकारवालाहरू तथा अपाङ्गता भएका महिलालाई अपाङ्गता  समावेसी र पुनर्स्थापना सम्बन्धमा अभिमुखीकरण गरी बिकासका आयामहरुमा अपाङ्गता भएका महिलाको सवाल र उनीहरुकोअर्थपूर्ण सहभागिता गर्ने सन्दर्भमा क्षमता विकास गर्न सफल भएको ।
  • अपाङ्गता भएका महिलालाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र खाद्य सुरक्षा सम्बन्धमा अभिमुखीकरण गरी उनीहरुको अधिकारको खोजी गरी सम्बन्धित सरोकारवालाहरु समक्ष माग दावी गर्न र समुदायमा उक्त बिषयमा ज्ञान र बिचार आदन प्रदान गर्नका लागि सक्षम भएको ।
  • केन्ि›य, जिल्ला र स्थानीय तहका अपाङ्गता भएका महिला अधिकारकर्मीहरुलाई लैगिंक हिंसा, मानवअधिकार र न्यायमा पहुँच सम्बन्धी क्षमता अभिबृद्धि गराई उनीहरुलाई आˆनो सम्बन्धित सवालमा सरोकारवाला निकायहरु समक्ष सम्बन्धित बिषयका सवालमा माग दावीगर्नसक्ने बनाउन सफल भएको ।
  • संघको कर्मचारी तथा जिल्ला च्याप्टरको नेतृत्व तहमा रहेका अपाङ्गता भएका महिलालाई प्रस्ताव र प्रतिवेदन लेखन तालिममार्फत क्षमता विकास गरी परियोजना प्रस्ताव लेखन कार्य शुरुवात गरी कार्यक्रम माग गर्न सफल भएको ।

जीविकोपार्जन:

  • अपाङ्गता भएका महिलालाई प्राविधिक तथा व्यवसायिक तालिम प्रदान गरी जीविकोपार्जनका लागि क्षमता अभिबृद्धि गरेको ।
  • अपाङ्गता भएका महिलालाई साना व्यवसाय व्यवस्थापनमा अभिमुखीकरण गरी साना व्यवसाय सञ्चालनमा क्षमता विकास गरेको ।
  • अपाङ्गता भएका महिलाको सिप विकास गरी आत्मा निर्भर गराउने उद्देश्यले प्राविधिक तथा व्यवसायिक तालिम प्रदान गर्नको लागि कञ्चनपुर, बाँके र ललितपुरमा अपाङ्गता भएका महिलाको तथ्याङ्क सङ्कलन र सर्वेगरी दस्तावेजीकरण गरिएको ।

लैङ्गिक हिंसा तथा न्यायमा पहुँच:

  • विभिन्न जिल्लाका हिंसा प्रभावित अपाङ्गता भएका महिलालाई कानुनी सहायता प्रदान गरी केही मुद्दाको छिनोफानो भई प्रभावितलाई क्षतिपूर्ति उपलब्ध गराउन सफल भएको ।
  • विभिन्न जिल्लाका हिंसा प्रभावित अपाङ्गता भएका महिलालाई आवश्यक पुनस्थापना तथा परामर्श सेवा उपलब्ध गरी पहिलेकै अवस्थामा फर्काउन सहयोग गरेको ।
  • हिंसा प्रभावित महिलाका अवस्था अध्ययन दस्तावेजीकण गर्न सफल ।
  • लैङ्गिक हिंसा तथा न्यायमा पहुँच सम्बन्धमा अपाङ्गता भएका महिलाको क्षमता विकास गरी लैङ्गिक हिंसा सम्बन्धी सवालहरुको उठान तथा सम्बोधनका लागि सक्षम बनाएको ।

संस्थागत विकास:

  • संस्थाको ५ वर्षे रणनीति (२०१७-२०२१) तयार गरी यसको कार्यान्वयनका साथ संस्थागत सुशासन अभिबृद्धि भएको ।
  • संस्थाको दिगोपनाको लागि आर्थिक संकलन (फन्ड रेजिङ) रणनीति निर्माण भएको ।
  • संस्थाको कार्यक्रम चुस्त दुरुस्त राख्न अनुगमन तथा मुल्यांकन पद्धति सम्बन्धी निदेर्ि्शका निर्माण गरी यसको कार्यन्वयन गर्न शुरुवात गरेको ।
  • भुकम्पपश्चातका कार्यक्रम तथा अभियानद्वारा प्राप्त सिकाइ तथा उपलब्धिहरुको अभिलेखीकरण गर्न सफल भएको ।
  • २४ वटा स्वावलम्वन समुहको गठन गरी करिव २१६ जना अपाङ्गता भएका महिला र अभिभावकहरुलाई संगठित गर्न सफल भएको ।
  • पुर्वाञ्चलको मोरङमा अपाङ्गता भएका महिलाहरुको अभम सहकारी दर्ता गरी उक्त सहकारी सञ्चालनका लागि डाटावेस प्रणालीको स्थापना गरी सञ्चालनमा ल्याइरहेको ।
  • AIN-DWG को आर्थिक सहयोग यस संघको समन्वय र संयोजनमा काठमाडौँको भृकुटी मण्डपमा अपाङ्गता मैत्री सौचालयको निर्माण गर्न सफल भएको ।
  • संस्थाको साझेदारी अन्तर्गत दुईवटा अन्तरार्ि्ष्ट्रय दातृ निकायबाट ३/३ वर्षे परियोजना र १ सरकारी निकायबाट पटके साझेदारीमा बद्धि भएको ।
  • ६० जना अपाङ्गता भएका महिलालाई स्थानीय तहको निर्वाचन पर्यवेक्षण एवम अनुगमनमा संलग्न गराउन सफल भएको ।
  • जिल्ला तथा स्थानीय तहमा यस संघको परिचय बृद्धि भई सरकारी, गैरसरकारी तथा निजी तहद्वारा सञ्चालित कार्यक्रमहरुमा सहभागिता, सहकार्य र समन्वयमा अभिबृद्धि ।
  • संस्थाको २ वटा निजी भवन निर्माण कार्यमा निरन्तर सहयोग जुटाउन सफल भई निरन्तर निर्माण कार्य भईरहेको छ भने जिल्ला च्याप्टर कैलालीको कार्यालय भवन निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइरहेको ।
  • काठमाडौंमा पुन:स्थापना गृह निरन्तर रुपमा सञ्चालन गरी हिंसा प्रभावित घरबार बिहीन अपाङ्गता भएका महिला र बालिकाहरुलाई सुरक्षित आवासको व्यवस्था गर्न सफल भएको ।

साझेदारी, सञ्जाल र समन्वय:

  • मानव अधिकार तथा महिला मानव अधिकार सम्बन्धी काम गर्ने संघ संस्थाहरु सँग समन्वय र सहकार्य भैरहेको
  • गाबिस र जिल्ला स्तरमा अपाङ्गता भएका महिलाहरुको सञ्जाल बिस्तार भएको साथै अन्य महिलाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुसँग पनि सञ्जाल बिस्तार भएको ।
  • राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र DPOs हरुको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि संयुक्त कार्यक्रममा आयोजना, धर्ना र र्याली र आन्दोलन सहकार्य र समन्वय गरिरहेको ।