ndwanepal

Nepal Disabled Women Association - Banner

वलात्कार पिडित वहुअपाङ्गता भएकि महिलाको  उद्धार, सुरक्षा र न्यायको लागि हार्दिक अपिल गर्दछौ ।

वलात्कारीको तुरुन्त खोजी गरी हिरासतमा राखियोस र पिडितको सुरक्षा, पुर्नस्थापना र न्याय सुनिश्चितता गरियोस साथै वहुअपांगता भएकी महिलालाई वलात्कार गर्ने अपराधिलाई हदै सम्मको कडा भन्दा कडा कानुनी कार्यवाहि गरियोस भनि सरकार, संघसंस्था, संचार माध्यम र नागरिक समाज संग हार्दिक अपिल गर्दछौं ।

zoom photo from program

कोभिड-१९ को प्रभाव बारेको द्रुत अध्ययनको विश्लेषणात्मक प्रतिवेदन सार्वजनिक

नेपाल अपाङ्ग महिला सङ्घले आज पौष २९ गते, एक कार्यक्रमको आयोजना गरी संस्था मार्फत हालै गरिएको अपाङ्गता भएका महिला तथा बालबालिकाहरूमा कोभिड-१९ को प्रभाव बारेको द्रुत अध्ययनको विश्लेषणात्मक प्रतिवेदन सार्वजनिक गर्‍यो ।

a lady on wheelchair ready to shoot the ball

अपाङ्गता भएका व्यक्तिहरूको २९औं अन्तर्राष्ट्रिय दिवस र लैंगिकमैत्री अभियानको आबस्यकता,

अपागंता भित्र पनि महिलाको अवस्था झनै दयनिय वन्दै गएको छ । घरै भित्र विभेद त छदैछ भने समाज र राज्यले गर्ने विभेदकारी व्यवस्था अर्को वाधक वनेको छ । साथै लैंगिक विभेद र पितृसतात्मक सोच र मूल्य मान्यता व्याप्त हुदा अपांगता भएका महिलाहरु घरेलु हिंसा, अपहेलना, विभिन्न खालका लांक्षना र अवसरवाट विमुख वनाइदा झनै सिमान्तकृत वन्न पुगेका छन् ।

Poster of Survey showing a women in a wheelchair using mobile phone.

अपाङ्गता भएका महिलाहरू र बालिकाहरूमा कोभिड–१९ ले पारेको असरबारे द्रुत सर्वेक्षण

अपाङ्गता भएका महिला र बालिकाहरू माथि कोभिड १९ ले कस्तो प्रभाव पारेको छ भनेर बुझ्नकोलागि नेपाल अपाङ्ग महिला सङ्घ ले यो द्रुत अध्ययन गरिरहेको छ । यस अध्ययनको उद्देश्य भनेको कोरोना भाइरस महामारीमा र बन्दबंदीको अवस्थामा अपाङ्गता भएका महिला र बालबालिकाको वस्तुस्थितिको विश्लेषण गर्ने तथा उनीहरूमा महामारी र बन्दबंदीले पारेको प्रभाव विश्लेषण गर्ने रहेको छ ।